राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको पदाधिकारीमा कमल थापा पक्षकाे बर्चश्व

काठमाडौं, १९ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको पदाधिकारीमा कमल थापा पक्षले बर्चश्व जमाएको छ । अध्यक्ष पदमा भने थापा राजेन्द्र लिङ्देनसँग पराजित भएका छन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् ।

राप्रपाका चार उपाध्यक्षमध्ये तीन उपाध्यक्ष थापा पक्षका विजयी भएका छन् । यसैगरी तीन महामन्त्रीमा दुई जना थापा पक्षका उम्मेदवार विजयी भए । खुला उपाध्यक्षमा पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् । तामाङ र प्रधान थापा पक्षका हुन् । खुला उपाध्यक्ष पदमा सर्वाधिक मत पाएर विजयी विक्रम पाण्डे भने थापा र लिङ्देन दुवै पक्षबाट स्वीकार्य उम्मेदवार थिए । महिला उपाध्यक्ष कार्की पनि थापा पक्षबाटै चुनाव लडेकी थिइन् ।

खुला महामन्त्रीमा डा. धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी भएका छन् । राणा लिङ्देन पक्षका र पाठक थापा पक्षका हुन् । महिला महामन्त्रीमा विजयी कुन्ती शाही पनि थापा पक्षकै हुन् । महिला महामन्त्रीमा लिङ्देन पक्षबाट रेखा थापा उम्मेदवार थिइन् ।

 

Facebook Comments Box