आइसिसि टि २० विश्वकप क्रिकेटमा दक्षीण अफ्रीकासँग बंगलादेस ६ विकेटले पराजित
काठमाडौँ, १६ कात्तिक – आइसिसि टि २० विश्वकप क्रिकेट अन्तरगत आजको पहिलो खेलमा दक्षीण अफ्रीकाले बंगलादेसलाई ६ विकेटले हराएको छ ।
अबुधावीको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको बंगलादेसले १८.२ ओभरमा सबै खेलाडी गुमाएर ८४ रन बनाएको हो ।
बंगलादेसका लागि मेहदी हसनले २७ र लेटन दासले २४ रन बाहेक अन्य खेलाडीले रन बनाउन सकेनन ।
बंगलादेस लाइ कम योगफलमा समेटन दक्षीण अफ्रीकाका किगेश्वर रवाडा र एरोन र्नेटेजले ३-३, ट्यावराज स्याम्सीले २ तथा ड्यान प्याट्ीजले १ विकेट लिनुभयो ।
८५ रनको लक्ष्य लिएर मैदानमा उत्रेका दक्षीण अफ्रीकाले १३.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो र खेल ६ विकेट बाट जित्यो ।
दक्षीण अफ्रीका त्याम्वे ब्याभुमानले ३१, राइज भ्यानले २२ र क्वान्टेक डि कुकले १६ बनाउनु भयो । बंगलादेसका लागि टास्किन अहेमदले २ तथा मेहन्दी हसन र नाजुम अहमदले १-१ विकेट लिनुभयो ।

