काठमाडौँ उपत्यकामा ३६६ जना सहित देशभर थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १८ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३६६ जना सहित देशभर थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २६६, भक्तपुरमा ३८ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ८९३ आरटी पीसीआर तथा ४ हजार ९८१ एन्टीजेन परिक्षण सहित १० हजार ८७४ जनाको परिक्षण गर्दा १ हजार ३० संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ९० हजार २५६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ७० हजार २२४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार १७४ रहेको छ ।

Facebook Comments Box