आज देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौँ, ८ असोज – अहिले मौसम देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तत्काल पानी कतै परेको छैन।

महाशाखाले आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

Facebook Comments Box