गृह मन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी सरुवा

काठमाडौँ, ३० भदौ – गृह मन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारीसहित १५ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।

गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार काज सरुवा गरिएको हो। ललितपुरमा घनश्याम उपाध्याय, भक्तपुरमा रुद्रादेवी शर्मा, गुल्मीमा पुण्य विक्रम पौडेल र गोरखामा शंकरहरि आचार्यलाई सरुवा गरिएको छ।

यस्तै, मोरङमा काशीराज दाहाल, रामेछापमा दीपककुमार पहाडी, संखुवासभामा नुरहरी खतिवडा, दोलखामा टेकराज निरौला, चितवनमा आस्मान तामाङ, धादिङमा कृष्णप्रसाद लम्साल, उदयपुरमा विरेन्द्रकुमार यादव र रुपन्देहीमा ऋषिराम तिवारीलाई काज सरुवा गरिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, संखुवासभाका टेकनारायण पौडेल, दोलखाका बासुदेव घिमिरे र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीको भने गत हप्ता सरुवा गरिएको थियो।

Facebook Comments Box