चार महिना डोजर, एक्स्काभेटरलगायत भारयुक्त मेसिनरी औजार प्रयोगमा रोक
लमजुङ ९ भदौ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले बर्खायामका चार महिना डोजर, एक्स्काभेटरलगायत भारयुक्त मेसिनरी औजार प्रयोगमा रोक लगाएको छ ।
बर्खायाममा डोजर लगाउँदा बाढीपहिरो निम्त्याउने भन्दै गाउँपालिकाले जेठदेखि भदौ महिनासम्म सडक तथा अन्य योजना निर्माणमा डोज प्रयोगमा रोक लगाएको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार जेठ, असार, साउन र भदौ महिनामा निर्माण गरिने योजनामा मेसिनरी औजार प्रयोगमा पूर्णरूपमा रोक लगाइएको हो ।
Facebook Comments Box

