माधकुमार नेपाल पक्षीय नेताहरु चन्द्रागिरी रिसोर्टमा

काठमाडौँ, ७ भदौ – नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गराउने निर्णयमा पुगेका नेता माधकुमार नेपाल पक्षीय नेताहरु चन्द्रागिरी रिसोर्टमा पुगेका छन्।

एमाले विभाजित गरेर नयाँ पार्टी दर्ताका लागि आवश्यक संख्या पुर्‍याउन बुधबार निर्वाचन आयोगमा सनाखत गर्नुपर्ने भएपछि नेता नेपालले आफू पक्षीय नेताहरुलाई आज रातिको बास चन्द्रागिरी रिसोर्टमा मिलाएका हुन्।

माधव नेपालसहित उनी पक्षीय सबै नेताहरु मंगलबार दिनभर त्यही बस्नेछन्। नयाँ पार्टी बनाउन हस्ताक्षर गरेका एमालेका ५८ जना नेतालाई चन्द्रागिरी रिसोर्टमा बोलाइएको हो। रिसोर्टमा करिब एक सयजनालाई पुग्ने कोठा बुक गरिएपछि कतिपय नेता त्यहाँ पुगिसकेका छन् अन्य पुग्ने क्रममा छन्।

स्रोतका अनुसार चन्द्रागिरी रिसोर्टमा माधव पक्षीय नेताहरुका लागि ६० वटा बेड बुक गरिएको छ। यता उनकै पक्षका स्थायी कमिटी सदस्यहरुले भने सोमबार एमालेमै बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति जुटाएका छन्।

एमालेमै बस्ने हकमा नेपाललाई साथ दिने बिताएका उनीहरुले मंगलबार च्यासलमा हुने स्थायी कमिटी बैठकमा सहभागिता जनाउने भएका छन्।

Facebook Comments Box