काठमाडौँ उपत्यकामा ७१९ जना सहित देशभर थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ५ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७१९ जना सहित देशभर थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ८३६ आरटी पीसीआर तथा ४ हजार २९९ एन्टीजेन परिक्षण सहित १३ हजार १३५ जनाको परिक्षण गर्दा ३ हजार १०८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख २१ हजार ६१७ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ५९५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ६०७ रहेको छ

Facebook Comments Box