देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनर्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने निश्चित

काठमाडौँ, २९ असार – शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनर्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको छ।

शर्मा अर्थ र भुसालले उर्जा मन्त्रालय सम्हाल्ने छन्। शर्माले माओवादीबाट आफू र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको बताए।
‘हाम्रो पार्टीबाट पहिलो चरणमा म पम्फा जी जाने निश्चित भएको छ’, शर्माले भने। मन्त्रीहरुको शपथ अहिले केहीबेरपछि हुँदैछ।

Facebook Comments Box