ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यले बहिष्कार

काठमाडौँ, १० असार – ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यले बहिष्कार गरेका छन् । ९२ सदस्यीय कार्यपालिका सदस्यमध्ये ६६ जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका हुन् ।

ललितपुर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये ६६ जनाले महानगरको सभा बहिकार गर्ने निर्णय गरेको छन् । ६६ जना सदस्यसँग नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै छलफल नभएको भन्दै सभा नै बहिकार गर्ने निर्णय गरेको छ ।’

ललितपुर महानगरपालिकामा मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल दुवै नेपाली कांग्रेसका हुन् । त्यहाँ बहुमत संख्यामा रहेका एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरू नगरसभा बहिष्कारको घोषणा गरेका हुन् ।

दिउँसो १ बजे बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा बहुमत सदस्यले बहिष्कार गरेपछि अन्योलमा परेको

Facebook Comments Box