काठमाडौँ उपत्यकामा ९२ जना सहित देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २० चैत – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९२ जना सहित देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७८, भक्तपुरमा ६ र ललितपुरमा ८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ६४० रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ६४७ रहेको छ । यसैगरी, देशभरका क्वारेन्टाइनमा ६१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या सुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण बाट अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार ३१ रहेको छ ।