पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६६ जना सहित देशभर थप १५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १३ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६६ जना सहित देशभर थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५५, भक्तपुरमा २ र ललितपुरमा ९ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ४ हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा १५६ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६५६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार २९९ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ५२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ७० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा ४ जाना मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार २४ रहेको छ ।