कक्षा १२ को परीक्षा सहित सबै परीक्षा स्थगन गर्न सिफारिस

काठमाडौं, २२ साउन – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको जोखिम फेरि उच्च हुँदै गएकाले सबै किसिमका परिक्षण स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको जानकारी दिएका छन्।

‘कोभिड–१९ संक्रमण फैलिँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवन रक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ’, उनले भनेका छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु।’

सरकारले सबै परीक्षा स्थगित गर्नुपर्ने बताइरहँदा उच्च माध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयसहित पूर्वनिर्धारित कार्यक्रम रोक्न नसकिने बताउँदै आएका छन्। तर स्वास्थ्य मन्त्रालयको यो सिफारिसपछि सरकारले यसबारे थप निर्णय लिनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।

Facebook Comments Box