काठमाडौँ उपत्यकामा ७७० जना सहित देशभर थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १८ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७७० जना सहित देशभर थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ९९ र ललितपुरमा ११५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ६१३ आरटी पीसीआर तथा ३ हजार १९८ एन्टीजेन परिक्षण सहित १३ हजार ८११ जनाको परिक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ४३२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ९२५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ८९८ रहेको छ

