काठमाडौँ उपत्यकामा ५४१ जना सहित देशभर थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४१ जना सहित देशभर थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ६१३ आरटी पीसीआर तथा ४ हजार ५६९ एन्टीजेन परिक्षण सहित १४ हजार १८२ जनाको परिक्षण गर्दा २ हजार ९३६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ७७५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५०६ रहेको छ

Facebook Comments Box