काठमाडौँ उपत्यकामा ४१४ जना सहित देशभर थप २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २६ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४१४ जना सहित देशभर थप २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३०३, भक्तपुरमा ५१ र ललितपुरमा ६० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ५३० आरटी पीसीआर तथा ३ हजार ८८७ एन्टीजेन परिक्षण सहित १० हजार ४१७ जनाको परिक्षण गर्दा २ हजार १६९ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार २५७ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ४३२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ३६२ रहेको छ

Facebook Comments Box