जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभा कक्षमा बस्नेछ।
बैठकमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्का विषयमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ।
Facebook Comments Box

