लुभुमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभुस्थित सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा घर भई हाल महालक्ष्मी नगरपालिका–४ बोजेपोखरी बस्ने २६ वर्षीय आषिश मगर रहेका छन् । बा.प्र.०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार साँझ आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए ।
घाइते मगरलाई उपचारका लागि किष्ट अस्पताल लगिएको थियो । उपचारका क्रममा शनिबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box

