आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहित नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहने गरेको छ । प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् । दिवसका अवसरमा राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका व्यक्तिले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।

Facebook Comments Box