साउदीले यमनमा २४ घण्टामा ५४ हवाई आक्रमण गरेको हुथीको दाबी

यमन – यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेको छ । हुथीका सैन्य प्रवक्ता याह्या सारीका अनुसार साउदी वायुसेनाले एफ–१५ र टाइफुन लडाकु विमान प्रयोग गरी तैज, लाहज, जवफ, मारिब र होदेइदाह क्षेत्रमा आक्रमण गरेको हो ।

हुथीहरूले सोमबार साउदी अरेबियाका सैन्य अड्डालाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको दाबीसमेत गरेका छन् । यी दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । हुथीहरू पछिल्ला दिनमा लाल सागरको तट र बाब अल–मन्डेब जलडमरूमध्य क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरिरहेको दाबी गर्दै आएका छन् । अमेरिका–इरान युद्धका कारण हर्मुज जलडमरूमध्य प्रभावित भएपछि लाल सागर र बाब अल–मन्डेबको रणनीतिक महत्त्व थप बढेको बताइएको छ ।

Facebook Comments Box