पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। आज बिहान सडकको माथिल्लो भागबाट ढुङ्गासहितको पहिरो खसेपछि बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो।
पहिरोका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। अहिले जेसिबी प्रयोग गरेर सडकमा खसेको पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

