मोरङ कारागारमा कैदीबन्दीबीच झडप, १९ जना स्थानान्तरण

विराटनगर । जिल्ला कारागार मोरङमा शुक्रबार दिउँसो कैदीबन्दीका दुई पक्षबीच झडप भएको छ। विराटनगर–८ स्थित कारागारमा भएको झडपपछि १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिनुभयो। उहाँका अनुसार ‘बी ब्लक’मा रहेका १९ जनालाई बाहिर निकालिएको हो। कैदीबन्दीलाई यातना दिएको तथा रकम असुल गरेको आरोप चौकीदार विशाल निरौला पक्षमाथि लगाएपछि दुई पक्षबीच विवाद बढेर झडप भएको प्रहरीले जनाएको छ।

यसअघि ‘बी ब्लक’मा प्रहरी प्रवेशमा रोक लगाइएको थियो। शुक्रबार प्रहरी उक्त ब्लकमा प्रवेश गरेपछि कैदीबन्दीको एक समूहले विरोध गर्दै नाराबाजीसमेत गरेको थियो। झडपपछि कारागारको अवस्था अहिले सामान्य रहेको प्रहरी प्रमुख कटवालले बताउनुभयो। बाहिर निकालिएका १९ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box