नेपालको कुल बेरुजु रकम ७ खर्ब ५५ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं, १ जेठ –  नेपालको कुल बेरुजु रकम ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म देशको कुल बेरुजु साढे ७ खर्ब रुपैयाँ नाघेको हो।

महालेखा परीक्षक तोयम रायाका अनुसार चालु वर्षमा ९४ खर्ब ८४ अर्ब ४० करोड रुपैयाँ बराबरको आर्थिक कारोबारको लेखापरीक्षण गरिएको थियो।

तर, भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाका कारण १७९ वटा कार्यालय तथा निकायले आवश्यक लेखा विवरण र स्रेस्ता पेश नगर्दा १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबारको लेखापरीक्षण हुन सकेन।

प्रचलित कानुनअनुसार पूरा गर्नुपर्ने प्रक्रिया नअपनाई गरिएको आर्थिक कारोबार, आवश्यक लेखा अभिलेख नराखिएको अवस्था, वा अनियमित तथा बेमनासिब तरिकाले गरिएको वित्तीय कारोबारलाई लेखापरीक्षणका क्रममा ‘बेरुजु’ का रूपमा औँल्याइन्छ।

Facebook Comments Box