उपत्यकाका १,८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा

काठमाडौं, २१ वैशाख – काठमाडौँ उपत्यका का बागमती र सहायक नदी किनारबाट हटाइएका सुकुमबासीमध्ये १ हजार ८१६ परिवार सरकारको सम्पर्कमा आएका छन् । बागमती नदी र यसका सहायक नदी किनारका अवैध संरचना हटाउने अभियानपछि आफूलाई सुकुमबासी दाबी गर्दै हालसम्म ७ हजार ७८९ जना नागरिक सम्पर्कमा आएको प्रधानमन्त्री सचिवालय ले जनाएको छ ।

सम्पर्कमा आएका मध्ये ७९४ जनालाई सरकारले सञ्चालन गरेका होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ । अन्य व्यक्तिहरू भने दशरथ रंगशाला स्थित स्क्रिनिङ सेन्टरमा पुगेपछि हाललाई आफ्नै व्यवस्थामा बसोबास गर्ने भन्दै बाहिरिएका छन् । सरकारले सुकुमबासी व्यवस्थापनका लागि विभिन्न स्थानमा अस्थायी बसोबासको व्यवस्था गरेको छ ।

तीमध्ये राधास्वामी सत्संग भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटल, नेपाल विद्युत प्राधिकरण को भक्तपुरस्थित तालिम केन्द्र तथा बोडे क्षेत्रको कृषि तालिम केन्द्रमा होल्डिङ सेन्टर सञ्चालनमा रहेका छन् । सरकारले नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियानसँगै सुकुमबासीको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

Facebook Comments Box