लिपुलेक मार्गबारे भारतको जवाफ : ‘यो नयाँ होइन, पुरानै मार्ग’

काठमाडौं, २१ वैशाख – भारत ले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने मार्ग नयाँ नभई पुरानै भएको स्पष्ट पारेको छ । नेपाल सरकारले भारत र चीन बीच उक्त मार्ग खुला गरिएको विषयमा कूटनीतिक नोट पठाएपछि भारतले औपचारिक प्रतिक्रिया दिएको हो ।

भारतका विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवाल ले लिपुलेक हुँदै जाने मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर सञ्चालनमा रहेको बताउँदै यसलाई नयाँ विषयका रूपमा लिन नमिल्ने धारणा सार्वजनिक गरेका छन् । भारतले नेपालका केही भू–भागसम्बन्धी दाबीहरू ऐतिहासिक तथ्यमा आधारित नभएको भन्दै त्यस्ता एकतर्फी दाबी अस्वीकार्य रहेको पनि जनाएको छ ।

साथै, सीमा विवादलगायतका विषय समाधानका लागि संवाद र कूटनीतिक माध्यमबाट नेपालसँग रचनात्मक छलफल गर्न आफूहरू तयार रहेको भारतको भनाइ छ । यसअघि नेपाल परराष्ट्र मन्त्रालय ले उक्त विषयमा दुवै देशलाई कूटनीतिक नोट पठाएर औपचारिक ध्यानाकर्षण गराएको थियो ।

Facebook Comments Box