डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने
दमौली (तनहुँ), २० चैत — डुम्रे–बेँसीसहर सडक अन्तर्गत तनहुँको भानु नगरपालिका–३ कुकुदी–तुरतुरे खण्डमा सडक विस्तारका लागि दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँ का अनुसार यही चैत २१ देखि ३० गतेसम्म उक्त सडकखण्डमा काम गर्न समय निर्धारण गरिएको हो।
निर्धारित समयअनुसार:
- दिउँसो १२:०० देखि ४:०० बजेसम्म
- बेलुका ५:०० देखि राति ९:०० बजेसम्म
यस अवधिमा सडक पूर्णरूपमा बन्द रहनेछ। कार्यालयले यात्रु तथा सवारी चालकलाई असुविधा नहोस् भनेर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
Facebook Comments Box

