सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ, १३ चैत – संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार सो मिसनमा कार्यरत रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा र सैनिक प्रहरी युनिटको दशौँ डफ्फालाई प्रतिस्थापन गर्न श्री कालीबहादुर गणको आठौँ डफ्फा तथा सैनिक प्रहरी युनिटको एघारौँ डफ्फाका १७९ जना बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्।

नेपाली सेनाले जानकारी दिएअनुसार नयाँ टोलीमध्ये पहिलो समूह मिसन इलाकातर्फ प्रस्थान गरिसकेको छ। यसैबीच उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २११ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किसकेका छन्। हाल उक्त मिसनमा नेपाली सेनाका कुल एक हजार १०७ जना शान्ति सैनिक कार्यरत रहेका छन्।

Facebook Comments Box