केपी शर्मा ओलीलाई पितृशोक

काठमाडौँ, २९ फागुन – केपी शर्मा ओलीलाई पितृशोक परेको छ। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

परिवारका अनुसार केही समययता उहाँ अस्वस्थ रहँदै आउनुभएको थियो। स्वर्गीय ओलीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। आजै काठमाडौँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।

Facebook Comments Box