बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
काठमाडौं, १३ मंसिर – काठमाडौंबाट पोखरातर्फ उडेको बुद्ध एयरको विमान अवतरणका क्रममा चरा ठोक्किएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण तयारी भइरहेको बेला जहाजमा चरा ठोक्किएको बुद्ध एयरले पुष्टि गरेको छ।
बुद्ध एयरका अनुसार उडान संख्या ६१७, जहाज नम्बर ९एन–एओसीमा रहेका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित छन्। घटनापछि विमानलाई पोखरामै रोकिएको छ र प्राविधिक टोलीले आवश्यक जाँच तथा निरीक्षण गरिरहेको एयरलाइन्सले जनाएको छ।
Facebook Comments Box

