जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौँ, १३ मङ्सिर – साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ।

शनिबार कीर्तिपुरमा सम्पन्न खेलमा सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले हराउँदै लगातार पाँचौँ जितसँगै अपराजित रहँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो।

पाँच खेलबाट १० अंकसहित सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब लिग चरणमा सुदूरपश्चिमले चितवन राइनोज तथा विराटनगर किंग्ससँग खेल्न बाँकी छ।

उता, लगातार चौथो हार बेहोरेको जनकपुर बोल्ट्सको प्लेअफमा पुग्ने सम्भावना झनै जटिल बनेको छ। जनकपुरले अब चितवन राइनोज, लुम्बिनी लायन्स र कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ

Facebook Comments Box