देवघाटधाममा शतबीज छर्न भक्तजनको भीड
तनहुँ, ३ मङ्सिर – पितृ उद्धारको कामना गर्दै देवघाटधाममा आज बिहान शतबीज छर्न भक्तजनको घुइँचो लागेको छ। मङ्गलबार राति पितृका नाममा दीपदान गरी जाग्राम बसेका श्रद्धालुले बिहानै विविध बीज छरेका हुन्। गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत विभिन्न जिल्लाबाट भक्तजन देवघाट आएका थिए।
शतबीज छरेपछि दिवङ्गत आत्माले जीवित अवस्थामा गरेका पाप नाश हुने जनविश्वास रहेको बन्दीपुर गाउँपालिका–४ का टिकाराम पनेरुले बताए। हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जाँै, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने परम्परा छ।
Facebook Comments Box

