सोलुखुम्बुमा बोलेरो दुर्घटना, तीनको मृत्यु र ६ घाइते
सोलुखुम्बु, ७ कात्तिक – बिहीबार साँझ सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार दुर्घटना साँझ करिब साढे ६ बजे माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी (सवारी नम्बर विवरण नखुलेको) भिरकुना भन्ने ठाउँमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको हो। गाडीमा ११ जना सवार थिए।
मृत्यु भएका
-
हबी राई (१६ वर्ष), महाकुलुङ गाउँपालिका–३, छेस्काम
-
शान्ति राई (२० वर्ष), सोही स्थानकी
-
एक जना किशोरीको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घाइते भएका
-
श्रीध्वज राई (३२ वर्ष), चालक, महाकुलुङ–३ — अवस्था गम्भीर
-
गंगा राई (१६ वर्ष), महाकुलुङ–४
-
बस्तीकला राई (१८ वर्ष), महाकुलुङ–४
-
समया राई (१६ वर्ष), महाकुलुङ–४
-
सजना राई (१६ वर्ष), महाकुलुङ–४
-
उमेश राई (१० वर्ष), महाकुलुङ–४
घाइते सबैलाई जिल्ला अस्पताल फाप्लुमा उपचारका लागि लगिएको छ। प्रहरीका अनुसार बोलेरो गाडी खुम्बुबाट महाकुलुङ जाँदै गरेका यात्रु लिन माप्य पुगेको थियो र फर्कने क्रममा दुर्घटनामा परेको हो। दुई जना यात्रु भने सकुशल छन्। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

