मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ र मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ घोषित

ललितपुर, ८ भदौ

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावारीमा आयोजित ग्राण्ड फिनालेमा मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ र मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ घोषित भएका छन्। विजेतालाई जनही रु १ करोड नगद, रु २५ लाख बराबरको जीवन बीमा, हवाई टिकटसहित विभिन्न पुरस्कार प्रदान गरिएको हो।

मेरो डान्स युनिभर्स

  • फस्ट रनरअप: अमृता राई – रु २५ लाख नगद, रु २० लाख बराबरको बीमा

  • सेकेन्ड रनरअप: सीतु महर्जन – रु १० लाख, रु १५ लाख बराबरको बीमा

  • थर्ड रनरअप: सुरज सिंजाली मगर – रु ६ लाख, रु १० लाख बराबरको बीमा

  • फोर्थ रनरअप: सुशना कोइराला – रु ५ लाख, रु १० लाख बराबरको बीमा

  • फिफ्थ रनरअप: साजन पाख्रिन तामाङ – रु ४ लाख, रु १० लाख बराबरको बीमा

मेरो भ्वाइस युनिभर्स

  • फस्ट रनरअप: टोपराज तामाङ – रु २५ लाख, रु २० लाख बराबरको बीमा

  • सेकेन्ड रनरअप: जुनु प्रसाईँ – रु १० लाख, रु १५ लाख बराबरको बीमा

  • थर्ड रनरअप: वाङ्गे गुरुङ – रु ६ लाख, रु १० लाख बराबरको बीमा

  • फोर्थ रनरअप: प्रशान्त पोखरेल – रु ५ लाख, रु १० लाख बराबरको बीमा

  • फिफ्थ रनरअप: दीपराज राई – रु ४ लाख, रु १० लाख बराबरको बीमा

कल्चरल ग्रुप डान्स

  • विजेता: भुटानी शरणार्थी डान्स ग्रुप – रु २५ लाख, गिफ्ट ह्याम्पर

  • फस्ट रनरअप: मनास्लु वर्ल्ड कलेज – रु १५ लाख

  • सेकेन्ड रनरअप: युमा महारानी नृत्य समूह – रु १० लाख

  • थर्ड रनरअप: नेपाल प्रहरी – रु ५ लाख

  • फोर्थ रनरअप: तरेली सांस्कृतिक ग्रुप – रु ३ लाख

विजेतालाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका छन्।

Facebook Comments Box