अविरल वर्षाले भोजपुरको साल्पामा छ परिवार विस्थापित
भोजपुर, २७ साउन
केही दिनदेखिको लगातार वर्षाले भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ खाम्दाकका छ परिवार घर छाड्न बाध्य भएका छन्। घरमाथि र मुनिबाट पहिरो खस्न थालेपछि उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको वडाध्यक्ष विक्रम वनले जानकारी दिए। उनका अनुसार चर्किएर घरमा बस्न नमिल्ने गरी क्षति पुगेका कारण विस्थापितलाई आफन्त तथा स्थानीय क्लबको भवनमा राखिएको छ।
विस्थापित हुनेमा विक्रम राई, विजय राई, धर्मराज राई, दलकुमार राई, ज्योती राई र देउराज राईका परिवार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश यादवका अनुसार वर्षासँगै पहिरोको जोखिम अझै कायम रहेको छ।
Facebook Comments Box

