काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बस दुर्घटना, २६ जना घाइते

कपिलवस्तु, २९ असार – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका–९ मा यात्रुबस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस आज बिहान करिब ४ बजे आफैं अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार, तीन जना गम्भीर घाइते छन् भने २३ जनाको अवस्था मध्यम रहेको छ। अधिकांश घाइतेहरू डिस्चार्ज हुने प्रक्रियामा छन्। घाइतेहरूको कपिलवस्तु र रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण सम्बन्धित निकायबाट संकलन भइरहेको छ।

Facebook Comments Box