सईई नतिजा अन्तिम चरणमा, आजै बोर्ड बैठक बस्ने सम्भावना
काठमाडौँ, १३ असार – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार नतिजा तयारीको काम सकिनै लागेको हो। “नतिजा अन्तिम तयारीमा छ, तर प्रकाशनसम्बन्धी निर्णय बोर्ड बैठकबाट हुनुपर्छ,” उनले बताए, “आज सम्भवतः बोर्डको बैठक बस्नेछ।”
परीक्षा बोर्डका सदस्य–सचिव जंगबहादुर अर्यालले पनि नतिजा सम्बन्धी छलफलका लागि आजै बैठक बस्ने भए पनि समय भने तय नभइसकेको जानकारी दिए। एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ जना, गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
Facebook Comments Box

