काठमाडौँ उपत्यकामा २ हजार ३२४ जना सहित देशभर थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १४ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३२४ जना सहित देशभर थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १९ हजार ३१३ आरटी पीसीआर तथा ७७९ एन्टीजेन परिक्षण सहित २० हजार ११० जनाको परिक्षण गर्दा ६ हजार ९५१ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ८०९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ९ हजार ८४१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ७ हजार ४७ रहेको छ

