राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व अध्यादेश जारी

काठमाडौँ, ५ माघ – राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश आज जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Facebook Comments Box