भोलिदेखि बजेट अधिवेशन सुरु हुँदै

काठमाडौँ, २३ वैशाख – भोलिदेखि सङ्घीय संसद्को बजेट अधिवेशन सुरु हुँदै छ । दुवै सदनको बैठक भोलि बस्दै छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए । आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।

Facebook Comments Box