आज देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौँ, १५ चैत – आज पनि देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीअनुसार आज दिउँसो देशका पहाडी भेगका एक/दुई ठाउँमा मात्र पानी पर्ने सम्भावना छ।

‘दिउँसोलाई यो ठाउँतिर वर्षाको बढी सम्भावना भनेर तोक्न सकिने अवस्था छैन, पहाडी क्षेत्रका जुनसुकै स्थान (एक/दुई ठाउँ) मा वर्षा हुन सक्छ’, उनले भने, ‘काठमाडौँ उपत्यकामा भने आज पानी पर्ने सम्भावना अत्यन्त न्यून छ।’ उनका अनुसार आज रातिलाई भने वर्षा हुने क्षेत्र अलि प्रस्ट छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको उनले बताए।

Facebook Comments Box