पछिल्लो २४ घण्टामा देशभर थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ कात्तिक – पछिल्लो २४ घण्टामा देशभर थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार १३ आरटी पीसीआर तथा १ हजार ४५७ एन्टीजेन परिक्षण सहित २ हजार ४८० जनाको परिक्षण गर्दा थप ५४ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ५०७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७२१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८७ हजार ६३४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १८ पुगेको छ ।

Facebook Comments Box