प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, १९ भदौ – प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बैठक दिउँसो २ बजे बस्ने छ। आजको बैठकको सम्भावित कार्यसूचीमा सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन गर्ने उल्लेख गरिएको छ।

यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि समावेश छ । सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्।

Facebook Comments Box