काठमाडौं उपत्यकामा २०५ जना सहित देशभर थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौँ, २९ साउन – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जना सहित देशभर थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ३०८ आरटी पीसीआर तथा २ हजार ५०१ एन्टीजेन परिक्षण सहित ४ हजार ८२९ जनाको परिक्षण गर्दा थप ४५५ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४० हजार १९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३०२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७५ हजार ६०९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९८८ पुगेको छ ।

