काठमाडौँमा उपत्याकामा ४२२ जना सहित देशभर थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १८ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ४२२ जना सहित देशभर थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ३ हजार ९१ आरटी पीसीआर तथा २ हजार ९११ एन्टीजेन परिक्षण सहित ६ हजार २ जनाको परिक्षण गर्दा थप ९१५ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ३१ हजार ६३६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३०१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७० हजार ९२६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्य हुनेकाे संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९६८ पुगेको छ ।

