साफ यू २० च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल बराबरी

काठमाडौँ, १७ साउन – साफ यू २० च्याम्पियनसिपमा बंगलादेशसँग बराबरी खेलेसँगै नेपालले फाइनल प्रवेशका लागि भारतको अन्तिम नतिजा कुनुपर्ने भएको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग एक एक गोलको बराबरी गर्दे अंक बाँडेको हो।

बराबरीको नतिजाले नेपालले अब फाइनल पुग्न भारत र मालदिभ्सबीचको खेलको नतिजा पर्खनुपर्ने भएको छ। आजै हुने दोस्रो खेलमा भारत मालदिभ्स भिड्दै छन्। दोस्रो खेलमा भारत पराजित भए नेपालले फाइनलमा स्थान बनाउने छ। दोस्रो खेलमा भारत र मालदिभ्सको बराबरीको नतिजाले पनि नेपाल बाहिरिने छ।

पहिलो हाफमा गोलरहित खेलेका दुवै टोलीले दोस्रो हाफमा गोल गर्न सफल भए। बंगलादेशका लागि खेलको ६३ औँ मिनेटमा पियास अहमद नोभाले गोल गर्दै खेललाई १–० को अग्रता दिलाए। खेलको ६९ औँ मिनेटमा निराजन मल्लले गोल गर्दै नेपाललाई बराबरीमा ल्याए। खेलको दोस्रो हाफ केहीबेर तनावपुर्ण बनेको थियो।

तनावपुर्ण खेलमा दुवै टोलीले ५१औँ मिनेटमा रातो कार्ड खाँदै १० खेलाडीमा सिमित भए। नेपालका दिपेश गुरुङले खेलको ५१ औँ मिनेटमा रातो कार्ड खाँदै मौन बाहिरिए। यस्तै झगडामा सामेल भएको भन्दै बेन्चमा रहेका वैकल्पिक खेलाडी रोहित सुब्बाले रातो कार्ड पाए।

बंगलादेशका शाहिद इस्लामले दोहोरो पँहेलो कार्ड पाउँदै मैदान छाडे। आजै साँझ हुने भारत र मालदिभ्सबीचको खेलको नतिजाले नेपालले फाइनलमा स्थान बनाउने वा नबनाउने बारे टुङगो लाग्नेछ।

मालदिभ्सले भारतलाई पराजित गरे नेपालले फाइनलमा स्थान बनाउने छ। बराबरी को नतिजाले पनि नेपाल बाहिरिनेछ। दोस्रो खेल सोही मैदानमा साँझ सवा ७ बजे सुरु हुनेछ।

Facebook Comments Box