ब्यवसाय बिस्तार गर्दै दुर्गा प्रसाई : दुबईमा मेडिकल कलेज र नर्सिङ कलेज स्थापना गर्ने
काठमाडौं, ५ असार – चर्चित ब्यवसायी एवम् नकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईले आफ्नो ब्यवसायी दुबई बिस्तार गर्न लागेका छन्, आज पुर्वाञ्चल क्यानसर अस्पतालमा आयोजित कार्यक्रममा दुबाईका अधिराजकुमार सेख जुमा अल मुक्तुम र अस्पतालका कार्यकारी निर्देशक प्रसाई बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईँले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।
‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौँ।’
उनले सम्झौताका बारेमा प्रस्टाउदै भने नेपालमा पनि प्रसोधनको फ्याक्ट्री राखेर त्यसबाट प्रसोधित पनि दुबई निर्यात गर्ने, त्यस्तै नेपाललाई बिश्वमा चिनाउने विभिन्न बस्तुहरु कानुन अनुसार निर्यात गर्न मिल्ने बस्तुहरु निर्यात गर्नै सम्झौता गरिएको हो ।
सो कार्यक्रममा अधिराजकुमारले आफ्नो भनाई राख्दै आफु अहिले पारिवारिक भ्रमणमा आएको साथै दुर्गा प्रसाई अफाने राम्रो साथि भएका कारण आफु नेपाल भ्रमणमा आएको र दुबै जानको आपसी सहमति अनुसार सम्झौता गरिएको जानकारी गराउनु भयो ।

