आईपीएलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ८ विकेटले हरायाे
काठमाडौं, २१ वैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मंगलबार भएको खेलमा गुजरात टाइटन्समाथि पञ्जाब किंग्सले ८ विकेटको सहज जित हात पारेको छ। मंगलबार भएको खेलमा पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो।
गुजरातका लागि साइ सुदर्शनले अविजित ६५ रनको पाली खेलेका थिए। पञ्जाबका कागिसो रबाडाले ४ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १६ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
पञ्जाबका शिखर धवनले अविजित ६२ रन बनाए भने भानुका राजपाक्षले ४० रनको पाली खेले। जारी आईपीएलमा गुजरातको लागि यो दोस्रो हार हो। लिगको शीर्षस्थानमा रहेको गुजरातले १० खेलबाट १६ अंक जोडेको छ। पञ्जाबले समान खेलबाट १० अंक हात पारेको छ।
Facebook Comments Box

