युरोपेली प्रतिबन्धका बाबजुद खनिज इन्धनबाट रुसको आम्दानी झण्डै दोब्बर
रुस, १८ वैशाख – रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि दुई महिनामा खनिज इन्धन बेचेर झण्डै दोब्बर आय गरेको छ। विक्री हुने इन्धनको आयातन घटे पनि मूल्य बढेकाले उसले मुनाफा बढाउन सफल भएको हो।
पछिल्लो दुई महिनामा रुसले तेल, ग्यास र कोइला बेचेर मात्र ६२ अर्ब युरो हात पारेको तथ्याङ्कले देखाएको छ । जसको ७१ प्रतिशत युरोपेली संघले पाएको थियो । यो रकम अघिल्लो वर्षको यही अवधिको भन्दा झण्डै दोब्बर हो।
सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एयरले जहाज आवागमन र कार्गोको विश्लेषणमार्फत यो निष्कर्ष निकालेको छ। यस अध्ययनले युरोपको ऊर्जा आपूर्तिमाथि कब्जा जमाएका कारण प्रतिबन्धका बाबजुद रुसी मुनाफा कम नभएको देखाएको छ। जबकि युरोपेली सरकारले रुसलाई वित्तीय रूपमा कमजोर बनाउने प्रयास गरिरहेका छन्।
उनीहरू पुटिनले तेल र ग्यासलाई आर्थिक औजार बनाउने हुन् की भनेर चिन्तित छन्। युद्ध र प्रतिबन्धले रुसी पेट्रोलियम पदार्थको निर्यात घटेको त छ प्रतिबन्धले विश्वभर रुसी खनिज इन्धनको मूल्य बढाएपछि रुसलाई नै फाइदा गरेको छ।
विश्व कोभिड–१९ महामारीबाट तङ्ग्रिदै गएको अवस्थामा अर्थतन्त्र महगिँदै जाँदा तेलको भाउ युक्रेन युद्धअघि देखि नै बढ्न सुरु भएको थियो। सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एयरको तथ्याङ्क अनुसार अप्रिलका सुरुवाती तीन हप्तामा रुसबाट विदेशी बन्दरगाहमा हुने कच्चा तेल ढुवानी जनवरी र फेब्रुअरीको सोही अवधिको तुलनामा ३० प्रतिशतले झरेको थियो।
गत दुई महिनाको अवधिमा जर्मनी रुसी तेलको सबैभन्दा ठूलो निर्यातक रह्यो।रुसी तेलमाथिको रुसी निर्भरता कम गर्ने वाचा गरे पनि जर्मनीले अवधिमा तेल आयातको लागि रुस ९ अर्ब युरो भुक्तानी गर्यो। इटाली र नेदरल्याण्ड पनि रुसी खनिज इन्धनको ठूला खरिदकर्ता रह्यो, जसले ६.८ अर्ब युरो र ५.६ अर्ब युरो खर्चिए। यी मुलुकले कच्चा पेट्रोलियम पदार्थको प्रशोधन पनि गर्छन्। जहाँबाट ती अन्य देशमा पनि पुग्छन्।

