काठमाडौँ उपत्यकामा २६ जना सहित देशभर थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २६ जना सहित देशभर थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २५ र ललितपुरमा १ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ३ हजार ५३९ आरटी पीसीआर तथा १ हजार ८७९ एन्टीजेन परिक्षण सहित ५ हजार ४१८ जनाको परिक्षण गर्दा थप ५८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ९१९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ८१९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ४८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६१ हजार २१८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५० रहेको छ ।

Facebook Comments Box