काठमाडौँ उपत्यकामा १ हजार ८२० जना सहित देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १५ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ८२० जना सहित देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४०४, भक्तपुरमा १११ र ललितपुरमा ३०५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १० हजार १०१ आरटी पीसीआर तथा ४ हजार ४६१ एन्टीजेन परिक्षण सहित १४ हजार ५६२ जनाको परिक्षण गर्दा थप ४ हजार ९०४ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ७३ हजार ८३६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार ९२४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ७०३ रहेको छ ।

Facebook Comments Box